Thursday, January 21, 2021

सिन्धुलीको मुलकोटमा ताज रिभरसाईडको चर्चा

प्रकाशित मिति: 2019/09/18

असोज १, काठमाण्डौ । काठमाण्डौ बर्दिवास सडकखण्ड अन्र्तगत ८५ किलोमिटर पार गरिसकेपछि मुलकोट भञ्ज्याङ पुगिन्छ । त्यही बाट थोरै उकालो लागेपछि सुनकोसी नदीको छेवैमा अवस्थीत छ, ‘ताज रिभरसाईड रिर्सोट एण्ड एड्भेन्चर’ ।

बिपी राजमार्गकै केन्द्रबिन्दूमा सडक र नदीको बिचको संगमका रुपमा सञ्चालित उक्त होटल देशी बिदेशी पर्यटकहरु माझ लोकप्रिय छ ।
२६ वटा सुबिधासम्पन्न कोठा, कन्फ्रेन्स हल, स्वीमीङ पुल, बिच भलिबल, टेबलटेनिस, रेष्ट्रो एण्ड बार, कफी सप, राफ्टिङ, कायाकिङमा रुची भएकाहरुका लागि समेत यस रिर्सोट उपयुक्त रहेको छ ।
यसका साथै हर्स राईडिङ, बिभिन्न तिर्थस्थल र ऐतिहासिक स्थलहरुको आर्कषण समेत यस क्षेत्रमा पाईन्छ । जस अन्र्तगत ऐतिहासिक सिन्धुली गढी, हलेसी महादेब, सैलुङ लगायत बिभिन्न धार्मिक पिठहरुमा जाने पर्यटकहरुका लागि समेत रिर्सोट आधारकेन्द्रका रुपमा स्थापित रहेको सञ्चालक तेज बहादुर जर्गाले बताए ।
एक रात दुई दिनको बसाई अन्र्तगत दोलालघाटदेखि मुलकोटसम्म र अर्को एकदिन मुलकोटदेखि खुर्कोटसम्म राफ्टिङ प्याकेज समेत रहेको छ । नेपाल भ्रमण बर्ष २०२० नजिकिदै गर्दा आन्तरिक पर्यटन पवद्र्धनमा समेत रिर्सोटको भुमिका महत्वपूर्ण देखिएको छ । सरकारले पर्वतिय पर्यटनमा ट्रेकिङ गर्न जाने स्वदेशी तथा बिदेशी पर्यटकहरुलाई लक्षित गरी अक्टोबर १ बाट मन्थली लुक्ला, लुक्ला काठमाण्डौ उडान गर्ने निर्णय गरिसकेको छ । मुलकोटबाट २५ किलोमिटरको दुरीमा रहेको मन्थली जानका लागि पनि यस रिर्सोट उपयुक्त बिश्रामस्थल बन्ने देखिन्छ । सञ्चालक जर्गा भन्छन,–‘ अप्ठेरो बाटो छिचोल्दै बिहान अध्यारैमा मन्थलीको बाटो हुँदै पदयात्रामा जाने पर्यटकहरुका लागि समेत बिमानस्थल सञ्चालनमा आएसँगै समस्या हट्ने निश्चीत छ । यसका लागि पनि रिर्सोट उपयुक्त गन्तव्य हो ।‘ 

तपाईंको बिचार