सुनको मूल्य स्थिर, चाँदीको भने बढ्यो
असोज ६, काठमाडौं । लगातार उकालो लागिरहेको सुनको मूल्य केहि दिनदेखि स्थिर रहेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ७१ हजार ३०० रुपैयाँमा कारोबार भएको छ। यस्तै‚ तेजाबी सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको छ ।
चाँदीको मूल्य भने बढेको छ। सोमबार चाँदी प्रतितोला ८७५ रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
तपाईंको बिचार