घट्यो सुनको मूल्य
५ कार्तिक, काठमाडौं । सुनको मूल्य प्रतितोला दुई सयले घटेको छ। सोमबार ७० हजार ४ सय प्रतितोलामा कारोबार भएको सुन मंगलबार २ सयले घटेर ७० हजार २ सयमा पुगेको हो। तेजाबी सुनको मूल्य प्रतितोला ६९ हजार ९ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी, चाँदीको मूल्य प्रतितोला ८ सय ५० रहेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा तलमाथी हुँदा नेपाली बजारमा पनि त्यसको असर पर्छ।
अहिले अन्तर्राष्ट्रिय बजारमा प्रति औंस सुनको मूल्य १४ सय ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
तपाईंको बिचार