Monday, January 18, 2021

सुनको मूल्यमा सामान्य गिरावट, चाँदी स्थिर

प्रकाशित मिति: 2019/11/04

१८ कार्तिक, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ। आइतबार तोलाको ७१ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार २ सयले घटेर ७१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी महासंघले जनाएको छ।

यस्तै आज तेजावी सुन तोलाको ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य भने स्थिर छ। चाँदी तोलाको ८७० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ।चाँदी आइतबार सोही मूल्यमा कारोबार भएको थियो।

तपाईंको बिचार