Monday, January 18, 2021

निरन्तर ओरालो लाग्दै सुनको भाउ

प्रकाशित मिति: 2019/11/06

२० कार्तिक, काठमाडौं । नेपाली बजारमा सुनको भाउ ओरालोतिर लागेको छ। मंगलबार ७० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको सुन बुधबार ६ सयले घटेर ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी महासंघले जनाएको छ।

आज तेजावी सुनको भाउ तोलाको ६९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। आज चाँदी तोलाको ८४५ रुपैयाँ कायम गरिएको छ।मंगलबार चाँदी तोलाको ८६५ रुपैयाँमा किनबेच भएको थियो।

आइतबारदेखि सुनको भाउ ओरालोतिर लागेको हो। आइतबार ७१ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार तोलामा २ सयले घटेर ७१ हजार रुपैयाँमा कारोबार भएको थियो।

तपाईंको बिचार