Tuesday, January 26, 2021

शेयर बजारः रोकिएन नेप्से घट्ने क्रम

प्रकाशित मिति: 2019/11/07

२१ कात्तिक, काठमाडौं । साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकले गिरावटको क्रमलाई निरन्तरता पाएको छ । यस दिन नेप्से परिसूचक ६ दशमलमव शून्य ५ अंकले घटेर १ हजार १३१ दशमलव ९७ बिन्दूमा आएको छ ।

त्यस्तै यस दिन ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक पनि १ दशमलव ४० अंकले घटेर २ सय ४८ दशमलव ३१ अंकमा पुगेर बन्द भएको छ ।

यस दिन कुल १६३ वटा कम्पनीको १२ लाख ९६ हजार ८७७ कित्ता शेयरको किनबेच भई ३७ करोड ४१ लाख ५० हजार ५७१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस दिन कारोबारमा आएका ११ समूहमध्ये ३ वटा समूहको मात्र शेयर मूल्य बढेका छन् भने बाँकी ८ समूहको शेयर मूल्य घटेका छन् । यस दिन टे«डिङ समूह १९ अंक, निर्जीवन विमा समूह १२ दशमलव १४ अंक र म्युचल फण्ड समूह ० दशमलव ०४ अंकले बढेका छन् भने बैकिङ समूह ६ दशमलव ६६ अंक, होटल समूह २६ दशमलव २८ अंक, जलविद्युत समूह ७ दशमलव २३ अंक, वित्त समूह ३ दशमलव २६ अंक, उत्पादन समूह ४ दशमलव ६१ अंक, अन्य समूह ३ दशमलव ७ अंक, लघुवित्त समूह ० दशमलव ४२ अंक र जीवन विमा समूह ४० दशमलव १२ अंकले घटेका छन् ।

तपाईंको बिचार