Wednesday, January 20, 2021

शेयर बजारमा नेप्से स्थिर, करोबार रकम घट्यो

प्रकाशित मिति: 2019/11/10

२४ कात्तिक, काठमाडौं । शेयर बजारमा आइतबार परिसूचक नेप्से स्थिर रहेको छ । बजारमा खरिदकर्ता र विक्रीकर्ता न्यून हुँदा नेप्सेमा उतारचढाव देखिएन् । कारोबार रकम यसअघिको दिनको कारोबारमा भन्दा घटेको छ ।

आइतबार शेयर बजारमा परिसूचक नेप्से स्थिर रहेको छ । नेप्से ऋणात्मक देखिएपनि कुनै उतारचढाव देखिएको छैन् । सेन्सेटिभ परिसूचकमा पनि कुनै उतारचढाव देखिएन् । १ सय ६३ कम्पनीको २९ करोड ३१ लाख रुपैयाँ बढीको कारोबार भएको छ । जुन गत साता बिहीबार भएको कारोबार भन्दा कम हो ।

बैंकिङ, होटल, विकास बैंक, जलविद्युत, जीवन बीमा र म्यूचुअल फण्ड समुहका सूचकहरु घटेका छन भने फाइनान्स, र्निजीवन बीमा, माइक्रोफाइनान्स तथा उत्पादन समुहका सूचकहरु घटेका छन् । बजारमा खरिदकर्ता र विक्रीकर्ता न्यून हुँदा कारोबार कम भएको छ भने नेप्से परिसूचक पनि स्थिर रहेको विश्लेषकहरुको तर्क छ ।

एनएमबी बैंक र प्रभु बैंकको शेयर कारोबार केही बढी छ तर शेयर मूल्य घटेको छ । बजारमा सपोर्ट माइक्रोफाइनान्सका शेयरधनीले सबैभन्दा बढी ४ दशमलव ४६ प्रतिशतले कमाएका छन भने रैराङ हाइड्रोपावरका शेयरधनीले ४ दशमलव ८ प्रतिशतले गुमाएका छन् ।

तपाईंको बिचार