Friday, January 22, 2021

शेयर बजारमा उत्साह ,नेप्सेमा दोहोरो अंकको बृद्धि

प्रकाशित मिति: 2019/11/11

काठमाडौ, २५ कात्तिक । साताको दोस्रोकारोबार दिन आज सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३ दशमलव ७७ अंकले बढेर ११४५ दशमलव ५७ बिन्दूमा आएको छ ।

यस्तै यस दिन ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक ३ दशमलव २८ अंकले बढेर २ सय ५२ दशमलव २९ अंकमा पुगेर बन्द भएको छ ।

यस दिन कुल १७५ वटा कम्पनीको १९ लाख ९५ हजार ४८ कित्ता शेयर खरिद बिक्रि हुँदा ५४ करोड ९९ लाख ९८ हजार २४१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस दिन कारोबारमा आएका ११ समूहमध्ये अन्य समूह मात्र घटेको छ जसमा ० दशमलव ६ अंकले गिरावट आएको छ । बाँकी सबै समूहको शेयर मूल्य बढेको छ । यस दिन बैकिङ समूह १२ दशमलव ३१ अंक, होटल समूह ३१ दशमलव ९३ अंक, विकास बैंक समूह १३ दशमलव ३२ अंक, जलविद्युत समूह १२ दशमलव ८५ अंक, वित्त समूह २ दशमलव ०७ अंक, निर्जिवन विमा समूह ६७ दशमलव ५३ अंक, उत्पादन समूह ५५ दशमलव ७१ अंक, लघुवित्त समूह ३०ं दशमलव ७५ अंक, जीवन विमा समूह ७९ दशमलव ०२ अंक र म्युचल फण्ड समूह ० दशमलव ०१ अंकले बढेका छन ।

 

तपाईंको बिचार