प्रतितोला दुई सयले बढ्यो सुनको भाउ
२७ कार्तिक, काठमाडौं । मंगलबारको तुलनामा बुधबार सुन प्रतितोला दुई सय र चाँदी प्रतितोला पाँच रुपैयाँ वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार बुधबारको लागि छापावाला सुन प्रतितोला ७१ हजार चार सय र तेजावी सुन प्रतितोला ७१ हजार एक सय रुपैयाँमा कारोबार भएको छ ।
सुनसँगै चाँदीको मूल्य पनि वृद्धि भएको छ । मंगलबार प्रतितोला ८४५ रुपैयाँ रहेको चाँदी बुधबार प्रतितोला पाँच रुपैयाँ वृद्धि भएर तोलाको ८५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
तपाईंको बिचार