Thursday, January 21, 2021

शेयर बजारमा निरन्तर करेक्सन , कारोबार रकममा पनि उच्च गिरावट

प्रकाशित मिति: 2019/11/13

२७ कात्तिक, काठमाडौ । साताको चौथो कारोबार दिन आज बुधबार नेप्से ४ दशमलव ८० अंक घटेर ११३३ दशमलव ८१ अंकमा आइपुगेको छ । कारोबार रकम पनि १० करोडले घटेको छ।

यस दिन १५४ कम्पनीको २७ करोड ५४ लाख २७ हजार रुपैयाँ बराबरको ९ लाख ८ हजार कित्ता शेयर ४ हजार १२७ पटकमा कारोबार भएको हँदा २७ करोड ५४ लाख २७ हजार रुपैयाँको कारोबार भएको छ । यो मङ्गलबारको तुलनामा १० करोड कम हो।

यस दिन कारोबारमा आएका ११ समूहमच्ये व्यापार उपसमूहको परिसूचक ५ दशमलव ०९, वित्तको ० दशमलव  २ र अन्यको ० दशमलव  ०१ प्रतिशत बढेको छ भने म्युचुअल फन्ड उपसमूहको १ दशमलव  २२, उत्पादनको ० दशमलव ८४, जीवन बीमाको ० दशमलव ८१, बैंकिङ्गको ० दशमलव ५, जलविद्युतको ० दशमलव  ४९, होटलको ० दशमलव ८ ४४, विकास बैंकको ० दशमलव  १८ र निर्जीवन बीमाको ० दशमलव १२ प्रतिशत घटेको छ।

तपाईंको बिचार