Monday, January 18, 2021

नेप्से सामान्य अंकको गिरावट

प्रकाशित मिति: 2019/11/26

१० मंसिर, काठमाडौँ । साताको तेस्रो कारोबार दिन आज मंगलबार नेप्सेमा सामान्य अंकको गिरावट आएको छ ।यस दिन नेप्से ० दशमलव ९१ अंक घटेर ११०९ दशमलव १६ विन्दुमा झरेको छ।

यस दिननेप्से ओरालो लागेपनि यस दिन सेन्सेटिभ इन्डेक्स भने ० दशमलव ११ अंक बढेर आजको कारोबार बन्द भएको छ।

यस दिन १६५ कम्पनीको ११ लाख ३४ हजार कित्ता शेयर खरिदबिक्री भई २९ करोड ५८ लाख ६९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

यस दिन कारोबारमा आएका १२ उपसमूहमा व्यापार उपसमूहको ३।९९, जलविद्युतको ० दशमलव ०९ र बैंकिङ्गको ० दशमलव ०८ प्रतिशत बढेको छ भने उत्पादनको ० दशमलव ७३, अन्यको ० दशमलव ६२, होटलको ० दशमलव ५९, वित्तको ० दशमलव ३८, निर्जीवन बीमाको ० दशमलव ३३, म्युचुअल फन्डको ० दशमलव २९, जीवन बीमाको ० दशमलव १७, लघुवित्तको ० दशमलव १४ र विकास बैंकको ० दशमलव ०३ प्रतिशतले घटेको छ।

तपाईंको बिचार