Monday, January 18, 2021

प्रतितोला २०० ले घट्यो सुन

प्रकाशित मिति: 2019/11/28

१२ मंसिर, काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु २०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्गले आज छापावाला सुनको मूल्य प्रतितोला रु ७१ हजार र तेजाबी सुनको मूल्य प्रतितोला रु ७० हजार ७०० निर्धारण गरेको छ ।

नेपाली बजारमा बुधबार तेजाबी सुन प्रतितोला रु ७१ हजार २०० र छापावाला सुन प्रतितोला रु ७० हजार ९०० मा खरिदबिक्री भएको थियो ।

त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला रु पाँचले घटेको छ । बुधबार चाँदी प्रतितोला रु ८५५ मा कारोबार भएको महासङ्घले जनाएको छ ।

तपाईंको बिचार