Tuesday, January 26, 2021

सेयर बजारमा झिनो गिरावट, तीन सूचक उकालो लागे

प्रकाशित मिति: 2019/12/02

१६ मंसिर, काठमाडौं । साताको दोस्रो दिन सेयर बजारमा झिनो गिरावट आएको छ । सोमबार सेयर कारोबार मापन गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक शुन्य दशमलव ८६ अंकले घटेर एक हजार एक सय एघार दशमलव ९९ अंकमा पुगेको हो । 

यस दिन बजारमा एक सय ६४ कम्पनीका आठ लाख २६ हजार तीन सय ६८ कित्ता सेयर २३ करोड २२ लाख ५९ हजार तीन सय ३१रुपैयाँमा कारोबार भएको हो । 

यस दिन बजारमा कारोबारमा आएका १२ वटा समूहगत उपसुचकमध्ये तीन समूह उकालो लागे भने बाँकी नौं समूह ओरालो लागे । यस दिन ट्रेडिङ समूह सर्वाधिक १३ दशमलव ९९ अंकले उकालो लाग्यो भने जीवन बिमा समूह सर्वाधिक ६४ दशमलव शून्य अंकले ओरालो लागेको हो । 

नेप्से घटेको दिन बजारमा एनएमबी बैंकको सेयरको कारोबार सबैभन्दा धेरै भयो । कम्पनीको सेयर एक करोड ९३ लाख ९६ हजार चार सय ५२ रुपैयाँमा कारोबार भएको हो । 

आज बजारमा नेशनल माइक्रोफाइनान्स्का लगानीकर्ताले सर्वाधिक नौ दशमलव ९६ प्रतिशत सेयर मूल्य कमाए । त्यसैगरी, अरुण काबेली पावरका लगानीकर्ताले सर्वाधिक ६ दशमलव ५५ प्रतिशत सेयर मूल्य गुमाए ।

तपाईंको बिचार