शेयर बजारः नेप्सेमा करिब चार अंकको बृद्धिसँगै कारोबार रकम पनि बढ्यो
१७ मंसिर, काठमाडौं । साताको तस्रो कारोबार दिन आज मंगलबार शेयर बजार ३ दशमलव ७५ अंकले बढेर १ हजार ११५ दशमलव ७४ विन्दुमा पुगेको छ।
यस दिन १७२ कम्पनीको १० लाख १० हजार कित्ता शेयर खरिदबिक्रि हुँदा २६ करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। यो अघिल्लो दिनको भन्दा ३ करोड बढीको कारोबार हो।
यस दिन कारोबारमा आएका १२ वटा समूहमा ८ समूहको सूचक सकारात्मक रहेको छ भने बाँकी ४ समूहको सूचक भने नकारात्मक रहेको छ ।
तपाईंको बिचार