Monday, January 18, 2021

कोरोना भाइरस व्यवस्थापनमा सरकार उदासीन बनेको जानकारहरुको दाबी

प्रकाशित मिति: 2020/05/15
काठमाण्डौ, २ जेठ । कोरोना भाईरस (कोभिड–१९) को संक्रमण नियन्त्रण र व्यवस्थापनमा सरकारको गलत व्यवस्थापन र उदासीनताको कारण मुलुक उच्च जोखिम तर्फ उन्मुख रहेको भन्दै नेपाली काङ्ग्रेसले स्वास्थ क्षेत्रसंग सम्वन्धित विज्ञ, निजी अस्पतालका संचालकहरु र स्वास्थकर्मीसंग सम्वन्धित पक्षहरुसंग परामर्श सुरु गरेको छ । काङ्ग्रेसको केन्द्रले गठन गरेको अर्थतन्त्र केन्द्रित बिशेष समितिले नीजि स्वास्थ सेवा क्षेत्र, विशेषज्ञ र स्वास्थ क्षेत्रसंग सम्वन्धित संघ संस्थाहरुसंग परामर्श थालेको हो।
 
नेपाली काङ्ग्रेसले कोरोना संक्रमणको कारण मुलुकमा पर्ने आर्थिक र राहत सम्वन्धि विषयमा आवश्यक अध्ययन गरि प्रतिवेदन तयार गर्न पुर्व.अर्थ तथा परराष्ट्र मन्त्री डा.रामशरण महतको संयाजकत्वमा बिशेष समिति गठन गरेको थियो । गठित समितिमा पुर्व अर्थमन्त्रीहरु र  राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षहरु सहभागि छन् । 
 
समितिका स्वास्थ र शिक्षा क्षेत्रको अध्ययन गर्ने समितिका सदस्य राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रा.डा. गोविन्द पोखरेलको आयोजना तथा सहजकर्ता रमेशकुमार महत र रामकुमार कार्कीलेले संयोजन गरेका उक्त वैठक महाराजगंजस्थित चिरायु अस्पतालको सभा कक्षमा आयोजना गरिएको थियो । उक्त छलफलमा ग्राण्डि अस्पताल,नेपाल मेडिकल कलेज जोरपाटि,स्टार अस्पताल,वि.पि.स्मृति अस्पताल,चिरायु अस्पतालका प्रतिनिधि छलफलमा सहभागि थिए ।
 
छलफलमा विज्ञहरु डा.चक्रराज पाण्डे,डा.भुपेन्द्र वस्नेत,डा.बद्रि रिजाल,डा.धन वहादुर राना मगर,डा.मुक्ति श्रेष्ठ,प्रो.सलामुद्दिन मिया,नेपाल मेडिकल कलेजका निर्देशक डा.राजेश किशोर श्रेष्ठ र चिरायु अस्पतालका निर्देशक चन्द्रेश्वर वैद्य,स्वास्थ कर्मी संघका अध्यक्ष रामराजा घिमिरे, मुना राना, मिना पुन, सलनुद्दिन मिया,कुमार के.सि.,सरला के.सि., नेपाल मेडिकल एसोसियसनका महासचिव डा.बद्री रिजाल,वि.पि.स्मृति अस्पतालका निर्देशक धन वहादुर राना लगायतले भाईरस सक्रमण र यसको नियन्त्रणमा महत्वपूर्ण सुझावहरु दिएका छन् । 
 
विज्ञहरुका अनुसार लकडाऊन व्यवस्थित नभएको,लकडाउनको अवधिमा सरकारले गर्नु पर्ने आवश्यक कार्य सम्पन्न गर्न नसकेको,जसको कारण संक्रमणले भयावह अवस्था आऊन सक्ने सुझाएका थिए । निजी अस्पतालका प्रतिनिधिहरुले भने आफुहरु यस कठिन घडिमा सम्पुर्णरुपले मुलुक र जनताको लागि आवस्यक सहयोग र सेवा गर्न तयार रहेको तर सरकारले भने सहयोग लिने वातावरण वनाऊन नसकेको गुनासो गरेका थिए ।
 
छलफलमा उठेका विषयहरुलाई समितिका सदस्य डा.पोखरेलले उठेका विषय कार्यान्वयनका लागि सरकारलाई पहल गर्ने जानकारी दिए । 

तपाईंको बिचार