Wednesday, July 8, 2020

गन्तव्य नेपाल ग्रुपद्वारा दोस्रो चरणमा ५० पत्रकारलाई पिपिई लगायत स्वास्थ्य सामग्री प्रदान

प्रकाशित मिति: 2020/06/02


काठमाडौं, २० जेठ ।  गन्तव्य नेपाल ग्रुपको संयोजनमा कोरोना महामारीबीच रिपोर्टिङमा खटिने पत्रकारहरूको सुरक्षा र सहजताका लागि पिपिई सेट, प्रेस ज्याकेट लगायत स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको छ । 

१६ जेठमा नक्साल स्थित नारायण चौरबाट १२० जना पत्रकारलाई पिपिई सेट, प्रेस ज्याकेट, मास्क, ग्लब्स र स्यानिटाइजर वितरण गरेका गन्तव्य नेपाल ग्रुपका अध्यक्ष शिव अधिकारी अविरलले आज दोस्रो चरणमा महाराजगन्ज स्थित कामपा वडा नं ३ को कार्यालय परिसरबाट सो दिन छुटेका ५० भन्दा बढी पत्रकारलाई तिनै सामग्री वितरण गरे । 

वितरणपछि अध्यक्ष अधिकारीले एक वक्तव्य जारी गर्दै ुपहिलो चरणमा विविध कारणले छुटेका ५० जनाभन्दा बढी पत्रकारलाई सामाजिक दुरी कायम गर्दै पिपिई सेट, प्रेस ज्याकेट, मास्क, ग्लब्स र स्यानिटाइजर हस्तान्तरण गरिएको र यो क्रम अझै जारी रहनेु बताएका छन् । अधिकारीका अनुसार, जोखिमको समयमा सूचना प्रवाहमा क्रियाशील पत्रकारको सुरक्षामा सहयोग पुर्याउने गन्तव्य नेपालको अभियान निरन्तर अघि बढ्नेछ ।

वक्तव्य मार्फत अधिकारीले सामग्री व्यवस्थापनमा सहयोग गर्ने बोधिसत्व विहार प्रति आभार प्रकट गरेका छन् । ूसामग्री व्यवस्थापनमा सहयोग गर्ने बोधिसत्व विहार परिवार र विशेष गरी विहारका मूल गुरु हाल नेपालमा रहनुभएका ताइवानी नागरिक हेगुवाङ शी प्रति हार्दिक आभार प्रकट गर्दछौं,ू अधिकारीको वक्तव्यमा उल्लेख छ । 

अधिकारीकै अध्यक्षतामा दुई साताअघि राष्ट्रिय पर्यटन पत्रकार समाज ९नाटोज० ले पनि पाँच दर्जन जति पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेको थियो ।

तपाईंको बिचार