Wednesday, July 8, 2020

२५ गतेसम्म कर तिनुपर्ने सरकारी निर्देशनको व्यवसायीद्वारा विरोध

प्रकाशित मिति: 2020/06/02

काठमाडौं, २० जेठ । सरकारले जेठ २५ गतेसम्म कर दाखिला गर्न व्यवसायीहरुलाई निर्देशन दिएको छ। लकडाउनकै बीच आन्तरिक राजस्व विभागले सूचना प्रकाशन गरि चालु वर्षको आयकरको दोस्रो किस्ता जेठ मसान्तभित्रमा तथा मूल्य अभिवृद्धि करतर्फ फागुन र चैतको कर विवरण र कर तथा अन्तस्शुल्कतर्फको फागुन र चैतको विवरण र कर यही २५ गतेभित्र बुझाउन निर्देशन दिइएको छ।


सूचनाअनुसार जेठ २५ गतेभित्रमा विगत महिनाको कर विवरण तथा कर रकम दाखिला नगरे शुल्क, थप दस्तु, ब्याज र जरिवाना लाग्नेछ। विभागले यो सूचना प्रकाशित गरेपछि व्यवसायीहरुले त्यसको विरोध गरेका छन्। 

सामाजिक सञ्जालमा आफ्नो धारणा प्रस्तुत गर्दै उनीहरुले लकडाउन नखुलेको अवस्थामा कर उठाउने सूचना प्रकाशित गर्नु नाजायज भएको टिप्पणी गरेका छन्।

तपाईंको बिचार