Tuesday, August 4, 2020

घरभाडा र बैंक ब्याज मिनाहाको माग गर्दै साना व्यवसायी आन्दोलित

प्रकाशित मिति: 2020/07/10

काठमाडौं, २६ असार । काठमाडौंको न्युरोड लगायतका क्षेत्रका साना व्यवसायी आन्दोलनमा उत्रिएका छन् । उनीहरुले विभिन्न नारा लेखिएको ब्यानरसहित न्युरोडमा जम्मा भएर प्रदर्शन गरेका हुन् ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघले लकडाउन अवधिको बैंक ब्याज र घरभाडा मिनाहाको माग गर्दै आन्दोलन सुरु गरेको हो । कोरोना भाइरसका कारण यतिबेला समग्र उद्योगी, व्यवसायी कठिन अवस्थाको सामना गरिरहँदा पनि सरकारले बेवास्ता गरेको भन्दै  उनीहरु आन्दोलित भएका हुन् । 

व्यवसायीले लकडाउन अवधिभरको ब्याज मिनाहा गर्न माग राखेका छन् । ऋणको किस्ता तथा ब्याज भुक्तानीको भाका एक वर्षपछि सार्नु पर्ने, कर्जाको ब्याजदर ८ प्रतिशतमा झार्नुपर्ने तथा लकडाउन अवधिभरको भरघाडा मिनाहा गर्नुपर्ने लगायतका माग राखेका छन् । 

तपाईंको बिचार