Tuesday, August 4, 2020

रेष्टुरेन्ट तथा बारका मजदूरले बैशाख १ देखिको तलब पाउने

प्रकाशित मिति: 2020/07/26

काठमाडौं, ११ साउन । रेष्टुरेन्ट तथा बार एशोसिएसन नेपाल (रेबान) मा आबद्ध मजदुरहरुले बैशाख १ गतेदेखिको तलब पाउने भएका छन् । रेबान र पर्यटन तथा रेष्टुरेण्ट क्षेत्रमा क्रियाशिल केन्द्रिय ट्रेड युनियनन संघहरुबीच सामुहिक सम्झौता अनुसार ४ हजार १ सय  रुपैयाँ पाउने छन् ।

चैत ११ गतेबाटै रेष्टुरेन्टहरु बन्द भए पनि मजदूरहरुले भने बैशाख १ गतेदेखिको मात्र तलब पाउने भएका हुन् । यो सहमति पुस १६ गतेसम्म लागू हुने छ । रेबानका महासचिव एकराज अधिकारीले लकडाउनको अवस्था रहेसम्म प्रत्येक दुई दिन र लकडाउन खुलेपछि प्रत्येक ३० दिन काममा नबोलाइएमा चार दिनको दरले सम्झौताको अवधि भरी हुन आउने सञ्चित विदाबाट कट्टा गरिने बताए ।

तपाईंको बिचार