Tuesday, January 26, 2021

एनसेल बन्यो पब्लिक कम्पनी

प्रकाशित मिति: 2020/08/05

काठमाडौं, २१ साउन । दूरसञ्चार सेवा प्रदायक एनसेल पब्लिक कम्पनीमा रुपान्तरण भएको छ । गत सोमबार एनसेललाई कम्पनी रजिष्ट्ररको कार्यालयले नाम परिवर्तन गरेर पब्लिक कम्पनीको रुपमा कारोबार गर्ने अनुमति दिएको हो । अब ‘एनसेल प्रालि’ को नममा सेवा दिँदै आएको अब ‘एनसेल आजियाटा लिमिटेड’को रुपमा रहनेछ ।

यो सँगै अब एनसेलले सर्वसाधारणलाई सेयर जारी गर्ने बाटो खुलेको छ । लाभकर विवाद सल्टाएको एनसेल अब आईपीओ जारी गर्ने योजनामा छ ।कम्पनी ऐन २०६३ को संशोधनपछि आगामी बैशाखभित्र पाँच करोड रुपैयाँभन्दा बढी चुक्ता पूँजीका दूरसञ्चार कम्पनीहरु पब्लिकमा जानुपर्ने व्यवस्था छ । एनसेल १० करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनी हो ।

पब्लिक कम्पनीमा रुपान्तरण हुनका लागि कम्पनीले २०७५ साालको सुरुवाततमै निवेदन दिएको थियो ।

तपाईंको बिचार