Saturday, September 19, 2020

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अध्यागमन विभागको सेवा बन्द

प्रकाशित मिति: 2020/08/10

काठमाडौं, २६ साउन । अध्यागमन विभागका एक कर्मचारीमा कोरोना भाइरस संक्रमणको रिर्पोट पोजेटिभ आएपछि सेवा बन्द गरिएको छ । विभागका अनुसार ५७ जना कर्मचारीको पीसीआर परिक्षण गरिएकोमा एक जनाको रिर्पोट पोजेटिभ आएको हो । 


कर्मचारीमा पोजेटिभ आएपछि इमर्जजेन्सीबाहेक सबै सेवा बन्द गरेको को महानिर्देशक रमेशकुमार केसीले जानकारी दिए ।  उनका अनुसार विभागको केन्द्रीय कार्यालयको सेवा बन्द भएपनि त्रिभुवन विमानस्थलस्थित अध्यागमन विभागको काम भने नियमित रहेको छ ।

तपाईंको बिचार