Wednesday, December 8, 2021

इपानमा आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति चयन

प्रकाशित मिति: 2020/08/17

काठमाडौं, १ भदौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) मा कृष्णप्रसाद आचार्यको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको छ । आइतबार साँझ अबेर सम्पन्न इपानको भेलाले आचार्यलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।

 वाम र प्रजातान्त्रिक प्यानलबीच निर्वाचनमार्फत नेतृत्व चयन गर्ने रस्साकस्सीका बीच इपानमा आचार्यका नाममा सर्वसम्मति जुटेको हो ।

यसअघि इपानको कार्यसमिति ९ सदस्यीय रहेकामा विधान संशोधन गरी १६ सदस्यीय बनाइएको छ । समितिका तीन उपाध्यक्षमा क्रमशः आशिष गर्ग, गणेश कार्की र मोहन डाँगी चयन भए ।

 यस्तै महासचिवमा गोरे शेर्पा, सचिवमा भरत खत्री, बलराम खतिवडा र राम आचार्य तथा कोषाध्यक्षमा आनन्द चौधरी छानिएका छन् । कार्यसमिति सदस्यहरुमा प्रकाश दुलाल, भरत खड्का, भरत लामिछाने र उत्तम ब्लोन तथा महिला सदस्यमा अविज्ञा मल्ल र कविता कँडेल सर्वसम्मत चयन भएको इपानले जनाएको छ । बाँकी दुई सदस्य कार्यसमितिले पछि मनोनयन गर्नेछ ।

तपाईंको बिचार