Friday, January 22, 2021

पुनर्कर्जा लिन व्यवसायीलाई बैंकहरुको सार्वजनिक आह्वान

प्रकाशित मिति: 2020/08/28

काठमाडौं, १२ भदौ । बैंकहरुले पुनर्कर्जा लागि आसय माग गर्न  थालेका छन्। बैंकहरूले यस्तो कर्जा लिनका लागि सम्पर्क गर्न आग्रह गर्दै सूचना जारी गरिरहेका छन्।

नेपाल राष्ट्र बैंकले चालु वर्षको मौद्रिक नीतिमार्फत् पुनर्कर्जाको दायरा फराकिलो बनाउँदै महामारीबाट पीडित व्यवसायीलाई यस्तो कर्जाको व्यवस्था गरेको हो । कर्जा दिन बैंकहरूले सार्वजनिक सूचना जारी गर्दै इच्छुक योग्यता पुगेकाहरूले कर्जाका लागि बैंकमा सम्पर्क राख्न आग्रह गरेका छन् । 

सानिमा, सनराइज, सिद्धार्थ बैंकलगायतकाले निश्चित समय तालिका दिएर आफूले सुविधा लिएको शाखा कार्यालयमा सम्पर्क राख्न आग्रह गरेका छन्। राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् चालु आर्थिक वर्षका लागि पुनर्कर्जा कोषको रकम १ खर्ब बनाएको छ। एउटा बैंक तथा वित्तीय संस्थाबाट पुनर्कर्जा लिइसकेपछि फेरि अर्को संस्थाबाट यस्तो कर्जा लिन पाइँदैन।

तपाईंको बिचार