Wednesday, December 1, 2021

मल आयातको ठेक्का पाएर पनि नल्याउनेलाई कारबाही !

प्रकाशित मिति: 2020/09/06

काठमाडौं, २१ भदौ । मल आयातको ठेक्का लिएर तोकिएको समयसम्म पनि नल्याएका दुई ठेकेदार कम्पनीलाई कारबाही हुने भएको छ ।  गत पुसमा ठेक्का लिएर भदौ २० सम्म मल ल्याउने गरी सम्झौता गरेका शैलुङ कन्स्ट्रक्सन कम्पनी र होविको मल्टीपल कम्पनीलाई कारबाही गर्न लागिएको हो ।

उक्त बैठकले दुवै ठेकेदारको धरौटी जफत गर्ने र कालोसूचीमा राख्ने विषयमा छलफल भइरहको स्रोतले जानकारी दियो । सम्झौता गरेर पनि मल नल्याएका ती ठेकदार कम्पनीको धरौटी जफत गर्ने र कालोसूचीमा राख्न कृषि विकास मन्त्रालयलाई सिफारिस गर्न सक्ने स्रोतको भनाइ छ ।

संस्थानले गत पुसमा वर्षायामको मल आपूर्तिका लागि शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सन र होमनाथ कोइरालाको होविको मल्टीपल कम्पनीलाई ठेक्का थिएको थियो । तर, तोकिएको समयसम्म पनि मल नल्याएपछि उनीहरुलाई कारबाही गर्न लागिएको हो ।

सरकारले समयमै मल उपलब्ध गराउन नसकेपछि किसानले मल पाएका छैनन् । देशभर यो सिजनका लागि १ लाख ५० हजार मल आवश्यक पर्ने भए पनि अहिले कत्ति पनि मल सरकारसँग छैन । 

तपाईंको बिचार