Tuesday, January 26, 2021

डेन्टल एसोसिएसनमा आवद्ध संस्थाले विनाधितो १५ लाखसम्मको कर्जा सुविधा पाउने

प्रकाशित मिति: 2020/09/10

काठमाडौं, २५ भदौ । सांग्रिला डेभलपमेन्ट बैंकले नेपाल डेन्टल एसोसिएसनसँग बैंकिङ सेवाहरू उपलब्ध गराउनसम्बन्धी सम्झौता गरेको छ । यो सम्झौताअनुसार डेन्टल एसोसिएसनसँग आवद्ध सदस्य तथा त्यहाँ आवद्ध संस्थाका कर्मचारीहरूलाई बैंकले विभिन्न बैंकिङ सेवाका साथै विनाधितो १५ लाख रुपैयाँसम्मको प्रोफेसनल कर्जा सुविधा पाउने छन् । 

सहमतिपत्रमा बैंकका प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र नेपाल डेन्टल एसोसिएसनका अध्यक्ष डा. प्रविन्द्र अधिकारले हस्ताक्षर गरेका छन् । यो कर्जाअन्तर्गत कर्जावालालाई १ लाख रुपैयाँसम्मको कोभिड–१९ इन्स्योरेन्स निःशुल्क प्रदान गरिने बैंकले जनाएको छ। सांग्रिला डेभलपमेन्टका विभिन्न शाखाहरूबाट यो सेवा उपयोग गर्न सकिने छ । 

तपाईंको बिचार