Thursday, January 28, 2021

अब नयाँ नक्सा भएको सिक्का निष्कासन हुने

प्रकाशित मिति: 2020/09/16

काठमाडौं, ३१ भदौ । सरकारले नयाँ नक्सा राखी एक रुपैयाँ र दुई रुपैयाँको सिक्का निष्कासन गर्न राष्ट्र बैंकलाई स्वीकृति दिएको छ । 

नयाँ नक्सा राखेर सिक्का निष्कासन गर्नका केन्द्रीय बैंकलाई स्वीकृति प्रदान गरिएको नेपाल सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । यसअघिका नोट र सिक्काहरुमा पुरानो नक्सा छन् ।

सरकारको अनुमति पाएसँगै अब राष्ट्र बैंकले लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका भूभाग समेटिएको नयाँ नक्सासहितको सिक्का गर्ने छ। 

तपाईंको बिचार