Wednesday, December 1, 2021

दुई महिनामा भन्सार विभागले उठायो ४८ अर्ब राजस्व

प्रकाशित मिति: 2020/09/18

काठमाडौं, २ असोज । भन्सार विभागबाट चालु आर्थिक वर्ष २०७७–७८ को पहिलो दुई महिनामा करिब ४८ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । विभागका अनुसार साउनको तुलनामा भदौमा राजस्व असुली केही वृद्धि भएको छ ।

साउनसम्मको असुली २२ अर्ब ८४ करोड ६९ लाख रुपैयाँ राजस्व संकलन भएको थियो । भदौमा २४ अर्ब ९८ करोड ८२ लाख रुपैयाँ भन्सार राजस्व संकलन भएको विभागको तथ्यांकमा उल्लेख छ ।

विभागले भदौसम्म २२ अर्ब ३१ करोड ६९ लाख रुपैयाँ भन्सार महसुल संकलन गरेको छ । भन्सारले मूल्यअभिवृद्धि करतर्फ १९ अर्ब १५ करोड ६९ लाख रुपैयाँ संकलन भएको छ । अन्तःशूल्कमा भने संकलन ४ अर्ब ९३ करोड ३३ लाख रुपैयाँ संकलन भएको भन्सार विभागले जनाएको छ । सडक सुधार शूल्कतर्फ ५० करोड ७७ लाख र सडक निर्माण दस्तुर ९२ करोड १ लाख रुपैयाँ संकलन भएको विभागको तथ्यांक छ । 

तपाईंको बिचार