Wednesday, January 20, 2021

चीनले राष्ट्रीय सुरक्षामा खतरा पुगेको भन्दै हुवावे र जेटिई माथि प्रतिबन्ध

प्रकाशित मिति: 2020/10/21

कार्तिक ५, काठमाण्डौ । राष्ट्रिय सुरक्षामा गम्भीर खतरा भन्दै स्विडेनले मंगलबार चिनियाँ संचारप्रविधि कम्पनी हुवावे टेक्नोलोजी र जेटिई कर्पोरेशनको फाइभ जी प्रविधिलाई प्रतिबन्ध लगाउने घोषणा गरेको छ । स्विडेनको यो निर्णयका विरूद्ध बेइजिङले अपेक्षितरूपमा कडा प्रतिक्रिया जनाएको छ ।  स्विडेनको यस कदमले चीनमा काम गरिरहेको स्विडेनको टेलिकम्युनिकेसन कम्पनी एरिक्सनसँगको व्यापार भविष्यमा प्रत्यक्ष असर पर्ने ठानिएको छ। फाइभजी प्रविधिमा एरिक्सन हुवावेको निकट प्रतिष्पर्धी कम्पनी हो । स्वीडिस सरकारले अर्को महिना बोलकबोलमा भाग लिन लागेका देशका टेलिकम्युनिकेसन कम्पनीहरूलाई हुवावे र जेटिईका सामानहरूलाई आफ्नो पूर्वाधारहरूबाट सन् २०२५ को जनवरी १ सम्म हटाउन भनेको छ ।

 

तपाईंको बिचार