महासंघमा सहमतिको प्रयास जारी छ ः गोल्छा
काठमाडौं, १९ कात्तिक । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले महासंघमा सहमतिको प्रयास जारी रहेको बताएका छन्। उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत महासंघको निर्वाचनमा सहमतिको प्रयास जारी रहेको बताएका हुन्।
“प्रजातान्त्रिक अभ्यासमा चुनाव नै सर्वोत्तम तरिका हो,” भावी अध्यक्षसमेत रहेका उनले लेखेका छन्, “तर, अहिलेको विषम परिस्थितिमा महासंघमा कुनै सहमति भएमा यो सम्पूर्ण निजी क्षेत्रको लागि सुखद् हुने थियो।”
उनले सहमतिको प्रयास जारी राख्न सबैमा अनुरोधसमेत गरेका छन्।
तपाईंको बिचार