Thursday, January 28, 2021

कात्तिकमा २ हजार ९ जना पर्यटक नेपाल आए

प्रकाशित मिति: 2020/11/20

काठमाडौं, ५ मंसिर । नेपालमा लकडाउन शुरु भएयता कात्तिकमा सर्वाधिक संख्यामा पर्यटक भित्रिएका छन् । नेपाल अध्यागमन विभागका अनुसार कात्तिक महिनामा २ हजार ९ जना विदेशी नागरिक नेपाल आएका छन् । 

एक महिनामा १३ सय ७० जना पुरुष र ६ सय ३९ जना महिला पर्यटक नेपाल आएका छन् । सरकारले १७ अक्टोवरबाट पर्यटकलाई नेपाल भ्रमणमा आउन खुला गरेको थियो ।

त्यसअगाडी नै पर्वतारोहण र पदयात्रामा आउने पर्यटकलाई संस्थागत रुपमा सिफारिस लिई नेपाल आउने ढोका खुलेको थियो । यसले क्रमशः पर्यटक आगमन बढ्दै गएको छ । एक महिनामा अमेरिकाबाट मात्र ४ सय ५५ र बेलायतबाट ३ सय २६ जना नेपाल आएका छन् । यस्तै चीनबाट १ सय ६१, भारतबाट १ सय २५, टर्कीबाट ८२ र रुसबाट ८१ जना पर्यटक नेपाल आएका छन् । 

तपाईंको बिचार