Wednesday, December 1, 2021

प्रतितोला १५ सय रुपैयाँले बढ्यो सुनको भाउ

प्रकाशित मिति: 2021/02/09

२७ माघ, काठमाडौं । नेपाली बजारमा सुनको भाउ प्रतितोला १ हजार ५ सय रुपैयाँले बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा सुन तथा चाँदीको भाउमा बृद्धि भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबारका लागि महासंघले छापावाल सुनको प्रतितोला मूल्य ९१ हजार ९ सय रुपैयाँ तोकेको छ । सोमबार उक्त सुनको कारोबार मूल्य ९० हजार ४ सय रुपैयाँ थियो । आजका लागि तेजावी सुनको प्रतितोला मूल्य ९१ हजार ४ सय रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेको छ । सोमबार १ हजार ३१५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ मंगलबारका लागि १ हजार ३४० रुपैयाँ तोकिएको छ ।

तपाईंको बिचार