Saturday, July 31, 2021

अब फोहोरको व्यवस्थापन होइन उद्योग नै चलाउनुपर्छ ः सांसद श्रेष्ठ

प्रकाशित मिति: 2021/03/14

काठमाडौं, १ चैत । प्रतिनिधि सभा सांसद जीवन राम श्रेष्ठले फोहोरको ब्यवस्थापन मात्र भन्दा पनि अब यसलाइ उधोगकै रुपमा विकास गर्नुपर्ने बताएका छन् । शनिवार कान्तिपुर सिसडोल वातावरण सेवा प्रालिको बार्षिक साधारणसभा तथा बनभोज कार्यक्रममा उनले विकसित देशहरुले फोहोरबाट उर्जा र मल उत्पादन गरिरहेको भन्दै उनले नेपालले पनि त्यसको सिको गर्नुपर्ने बताएका हुन ।

यस्तै कार्यक्रममा पुर्बगृह राज्यमन्त्री एबम् प्रतिनिधि सभा सांसद श्याम कुमार श्रेष्ठ फोहोर ब्यवस्थापनमा कम्पनीले गरेको कामको प्रशम्सा गर्दै सेवालाइ थप प्रभावकारी बनाउन सुझाव दिए । 

कान्तिपुर सिसडोल वातावरण सेवा प्रालिका अध्यक्ष रमेश नेवाले फोहोर ब्यवस्थापनमा राज्यले समन्वयकारी भुमिका निर्वाह गर्नुपर्ने बताए । काठमाडौं उपत्यकाको फोहोर ब्यवस्थापन केन्द्र सिसडोलमा बेला–बेला हुने विवादले समस्या हुने गरेको भन्दै राज्यले तत्काल बैकल्पिक केन्द्रको विकास गर्नु उनको सुझाव छ ।

कम्पनीले झन्डै दुई दशकदेखि काठमाडौं महानगरपालिकाको वडा नं १३,१४ र १५ मा फोहोर ब्यवस्थापनको काम गर्दै आएको छ । आगामी दिनमा उपत्यकाको विभिन्न वडा सहित र उपत्यका बाहिर पनि आफ्नो सेवालाई विस्तार गर्ने योजनामा रहेको अध्यक्ष नेवाले जानकारी दिए । 

तपाईंको बिचार