Thursday, June 4, 2020

बजेटको लाइभ जानकारी अब मोबाइलबाटै हेर्न सकिने

प्रकाशित मिति: 2017/05/22

 काठमाडौं। अर्थ मन्त्रालयले बजेट सम्बन्धी सबै जानकारी दिने नयाँ मोबाइल एप्लिकेसन सार्वजनिक गरेको छ। ‘बजेट’ एपको आज एक समारोहका बीच अर्थमन्त्री कृष्णबहादुर महराले लञ्च गरेका हुन्। 

यस एपमा बजेट बक्तव्य देखि रातो÷पहेँलो किताब, आर्थिक सर्वेक्षण सबैको जानकारी लिन सकिने बताइएको छ। गुगलको प्ले स्टोरमा गएर यो एप डाउनलोड गर्न सकिन्छ। आगामी बजेट बक्तव्यको दिन एपमै लाइभ हेर्न मिल्ने सुविधासमेत रहेको एप सार्वजनिकीकरण समारोहमा जानकारी दिइयो। यस एपमा बजेट सम्बन्धी सबै डाटा राखिने छ।

तपाईंको बिचार