Wednesday, August 12, 2020

अर्थमन्त्रालयले ८८ किलो सुनको छानविन गर्न टोली बनायो

प्रकाशित मिति: 2017/09/11

भदौ २६, काठमाडौं । अर्थमन्त्रालयले बरामद भएको ८८ किलो सुन बारे अनुसन्धान गर्न भन्सार विभागका उपमहानिर्देशक कुलराज ज्ञवालीको संयोजकत्वमा छानविन टोली बनाएको छ।

डेढ साता अघि केरुङ हुँदै आएको ८८ किलो प्रहरीले बरामद गरेको थियो। रसुवा भन्सार हुँदै प्रहरीका विभिन्न चेकपोष्टमा सजिलै पास भएर काठमाडौं सुन आउँदा पनि अर्थ लगायतका अन्य निकायले छानविन टोली बनाएको थिएन । अर्थले समेत एक सातापछि मात्रै छानविन टोली बनाएको छ। 

८८ किलो सुन रसुवा, धादिङ, नुवाकोट जिल्लामा रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरी र केरुङ नाकामा रहेको भन्सार कार्यालयसहित १ दर्जनभन्दा बढी चेकपोष्टबाट सहजै पार गरी राजधानी भित्रिएको थियो।  छानविन टोलीले रसुवा भन्सार लगायतका क्षेत्रमा स्थलगत अनुगमन गरेर छानविन प्रतिवेदन बनाउने स्रोतले बतायो बताएको छ । रसुवा भन्सारले त्यति ठूलो परिमाणको सुन आउँदा पनि राम्रोसँग चेकजाँच किन गरेन, अर्थका एक कर्मचारीले भने । सुन लिएर आएको गाडी सजिलै कसरी ल्याउन दिइयो।यो गम्भिर विषयमा छानविन गर्न तत्कालै समिति बनाउनुपर्थ्यो।तर ढिला गरेर समिति बनेको छ। विगतमा त्रिभुवन विमानस्थलबाट ३३ किलो सुन भित्रिँदा भोलीपल्टै पाँच सदस्यीय छानविन समिति बनाएको थियो।

तपाईंको बिचार