Thursday, June 4, 2020

निर्माण लागत दोब्बर भएपछि तामाकोशीले माग्यो संचयकोषसँग साढे तीन अर्ब

प्रकाशित मिति: 2018/12/12

काठमाडौं । निर्माण लागत बढेपछि माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले कर्मचारी संचयकोषसँग साढे तीन अर्ब रुपैयाँ माग गरेको छ। आयोजना निर्माण अवधि थपिदै जाँदा लागत बढ्न गएकाले नपुग सात अर्बमध्ये आधा रकम कोषसँग माग गरेको हो। आयोजनाले निर्धारित समयमा कार्य सम्पादन गर्न नसक्दा निर्माण लागत बढेर दोब्बर भएको छ।
यस अघि आयोजना ग्यारेन्टीमा १० अर्ब रुपैयाँ आयोजनमा लगानी गरिसकेको कोषका प्रवक्ता अर्जुन कुमार गौतमले जानकारी दिए।कोषले यस अघि परियोजना धितोमा लगानी गरेपनि अहिले थप रकम माग आएको छु, उनले भने आयोजनालाई नपुग सात अर्बमध्ये आधा रकम कोषमा मागको प्रस्ताव आएको छ।
कुल ४५६ मेगावाट जलविद्युत् उत्पादन गर्ने लक्ष्य सहित २०६७ साउनमा बहुचर्चित माथिल्लो तामाकोशी आयोजना शुभारम्भ भएको हो। २०७२/७३ मा सम्पन्न गर्ने उद्देश्य राखिएपनि अहिलेसम्म यसको टुंगो लागेको छैन। पछिल्लो समय आयोजना सम्पन्न हुन अझै एक वर्ष लाग्ने अनुमान गरिएको छ।
आयोजनाको लागत २०६६ सालमा ३५ अर्ब २९ करोड ४१ लाख रुपैयाँ अनुमान गरिएको थियो। तर, आयोजना निर्माण गर्न लागेको लागतको ब्याज समेत जोड्दा डब्बल पुगेको छ। तामाकोशी हाइड्रोपावर लिमिटेडले २०१७ को डिसेम्बरसम्म आयोजनाको खर्च ४९ अर्ब २९ करोड ५४ लाख पुग्ने संशोधित अनुमान गरेको थियो।
करिब ५० अर्बमा निर्माण सम्पन्न गरी आयोजना संचालनमा आएको एक वर्षपछि नै चार अर्ब १० करोड नाफा गर्ने अनुमान गरेको आयोजन अहिले निर्माण लागत जोह गर्न विभिन्न निकाय धाउन थाललेको छ। आयोजना निर्माणका लागि विभिन्न संस्थाबाट ल्याएको ऋणको ब्याज १० अर्ब ३४ करोड ४५ लाख नाघिसकेको छ।
अब यो ब्याज बढेर करिब २० अर्ब पुग्ने अनुमान गरिएको छ । यो २० अर्ब जोड्दा आयोजनाको लागत ६९ अर्ब ६३ करोड पुग्ने देखिन्छ।

तपाईंको बिचार