शेयर बजारमा गिरावट
काठमाडौं। बुधबार शेयर बजारमा ७.३८ अंकले गिरावट आएको छ । सूचक सँगै कारोबार रकम पनि २३ करोड ५६ लाख रुपैयाँको कारोबार भएको छ । ०.६४ प्रतिशतले सूचक घटेर ११३९.७२ अंकमा झरेको हो ।
मन्त्रालय तथा नेपाल धितोपत्र बोर्डले बजार सुधारका लागि गरेका प्रयासले शेयर बजार घट्न थामिएन । बजार सुधारका लागि लगानीकर्ताले राखेका माग सम्बोधन गर्दा पनि बजारमा कुनै पनि सुधार नदेखिएको हो।
अधिकांश कम्पनीको बजार मूल्य घट्दा सामुदायिक लघुवित्त वित्तीय संस्थाको कारोबारमा बढेर सर्किट लागेको छ। सामुदायिकका शेयरधनीहरुले प्रतिशेयर ७१ रुपैयाँले कमाएका छन् ।
तपाईंको बिचार