पर्यटनमा बजेट ?

सरकारले छुट्याएको बजेट मुलुकको पर्यटन प्रवद्र्धनका लागि अत्यन्तै न्यून छ । यति थोरै परिमाणको बजेटले अहिलेको अवस्थामा ठोस परिणाम दिन सक्दैन । कुल बजेटको पाँच प्रतिशतमात्र बजेट पर्यटनका लागि छुट्याएको भए पनि अहिलेको पर्यटन पुनरुत्थानका लागि ठोस काम दिन सक्ने थियो । तर, सरकारले पर्यटन क्षेत्रलाई सौतेनी छोराको व्यवहार गरेको छ । भूकम्पबाट कैयौ राष्ट्रिय सम्पदाहरु भत्केका छन् । तिनको तत्काल पुनर्निर्माण र नवनिर्माणका लागि ध्यान दिनुपथ्योर् तर त्यतातिर कत्ति पनि ध्यान गएको छैन । पाँच वषेर् योजनाअन्तर्गत क्षतिग्रस्त सम्पदाहरुको पुनर्निर्माणलाई राखिएको छ, जुन एकै वर्षमा पनि बनाउन सम्भव थियो । यो बाहेक पर्वतीय पर्यटन र पर्यटनमा आबद्ध व्यवसायी/मजदुरहरुको हितमा बजेटले ध्यान दिएको छैन । विदेशी मुद्रा आर्जन र अर्थतन्त्रको प्रमुख स्रोत पर्यटनलाई सरकारले उपेक्षा गरेको छ ।
हरेराम बराल, अध्यक्ष, टुर्गान
यो बजेट विगतको भन्दा राम्रो छ
सरकारले पर्यटन क्षेत्रको पुनरुत्थानका लागि प्राथमिकता दिएझै कार्यक्रम ल्याएको छ, यो स्वागतयोग्य छ । पदयात्रा मार्गहरुको स्तरोन्नति गदैर् ग्रेट हिमालयन टेल निर्माणलाई तीव्रता दिने, सल्लेरी, चौरीखर्क, सगरमाथा पर्यटन सडक निर्माणको सम्भाव्यता अध्ययन गरिने कुरा बजेटमा उल्लेख गरेको छ । यसलाई हामीले सकारात्मक रुपले हेरेका छौँ । त्यस्तै हिमाली क्षेत्रको पर्यटन विकासका लागि पहल गरेको छ, यो पनि ठीकै छ ।
अब सरकारले बजेटमा समावेश गरेका विषय र कार्यक्रमहरुलाई कार्यन्वयनको तहमा लैजानुपर्छ । बजेट यो भन्दा पहिले पनि धेरै पटक आएका छन्, तर कार्यन्वयन अत्यन्तै कम भएका छन् । तसर्थ सरकारका नीति र कार्यक्रम सही भएअनुरुप तत्काल कार्यन्वयनको तहमा लैजानुपर्छ । कागजमा मात्र राखेर भएन कार्यत्रमहरको सम्बसन्धत क्षेत्रमा कार्यन्वयन हुनुपयो । अव सरकारले क्षतिग्रस्त सम्पदाहरुको पुनर्निमाण र नवनिर्माणमा लाग्नुपर्छ । सारमा सरकारले विगतको तुलनामा यसपटक पर्यटन क्षेत्रलाई जोड दिएको छ ।
आङ्छिरिङ शेर्पा, अध्यक्ष –एनएमए

कार्यान्वयन पक्षले निर्धारण गनेर्छ
समग्रमा यसपटकको बजेट सन्तोषजनक नै पाएको छु, मैले । मुख्य कुरा कार्यान्वयनको हो । यदि बजेटमा आएका नीति तथा कार्यक्रमहरु कार्यान्वयनको तहमा आउँछन् भने खास विरोध जनाउनुपनेर् कुरा केही पनि छैन । तर, निजगढ विमानस्थलको निर्माणका लागि बजेट विनियोजन गरेको मैले पाएको छैन । यो यसपटकको बजेटको नराम्रो पक्ष हो । सरकारले निजगढ विमानस्थल निर्माणका लागि यथेष्ट बजेट छुट्याउनुपथ्योर् । हवाई सुरक्षा र व्यवस्थापनका लागि बैकल्पिक विमानस्थलको रुपमा विकास गर्नका लागि निजगढ विमानस्थलको निर्माण सम्पन्न गर्नु आवश्यक देखिए पनि बजेटले यसलाई छोएन । त्यस्तै विनासकारी भूकम्पबाट धेरै भौतिक सम्पदाहरु ध्वस्त भएका छन् । थुप्रै पर्यटन व्यवसायीहरु यसको प्रत्यक्ष मारमा परेका छन्, यसका लागि व्यवसायीहरले लिएको ऋणको इन्स्टलमेन्ट अवधि बढाउन सरकारले कुनै चासो देखाएन । बजेटमा यो कुरा कहिँ कतै उल्लेख भएको छैन । सरकारले पर्यटन क्षेत्रमा सफ्ट लोनको सुनिश्चितता गर्न सकेन । यो बजेटको अकोर् खराब पक्ष हो । त्यस्ते पर्यटन पुनरुत्थानका लागि प्राकृतिक विपत्को जोखिम रहेका ठाउँहरको अध्ययन गरी त्यसको समाधानार्थ कार्यक्रम ल्याउने कुरा कहिँ कतै उल्लेख गरेन । यद्यपी, यसपटकको बजेट सन्तोषजनक नै मान्नुपर्छ भन्ने लाग्छ । कार्यन्वयनमा ध्यान दिने हो भने बजेटमा उल्लेखित कार्यक्रम ठिकै छन् ।
डिबी लिम्बु, अध्यक्ष, नाट्ट

बजेटले खासै उत्साह दिन सकेन
आर्थिक वर्ष २०७२०७३ को बजेटमा सरकारले पर्यटन क्षेत्रको प्रवद्र्धन र विकासका लागि खासै उत्साहजनक रुपमा कार्यक्रम र बजेट छुट्याएको देखिँदैन । सरकारको कार्यक्रम र बजेट अध्ययन गर्दा तीन÷चारवटा महत्वपूर्ण कुरामा ध्यान नदिएको देखिन्छ ।
पहिलो कुरा पर्वतीय पर्यटनलाई पुनरुत्थान योजनाअन्तर्गत राखेर पुनर्निर्माण गर्नुपथ्योर्, त्यो कुरा आएन । भूकम्पबाट क्षतिग्रस्त पर्वतीय पर्यटनका रुटहरु र प्रभावित क्षेत्रहरुको पुनरुत्थानका लागि बजेट विनियोजन भएको पाइएन । साहसिक र पर्वतीय पर्यटनको पुनरुत्थानका लागि संसद्को विकास समितिले पर्यटन विकासका लागि सिफारिस गरेको कुरालाई समेत बजेटले छोएको छैन ।
अकोर् कुरा भूकम्पबाट प्रभावित पर्यटन क्षेत्रमा आबद्ध दुई लाख मजदुर विस्थापित भएको अवस्था छ । ठूलो संख्याका मजदुरहरुलाई सम्बोधन गनेर्गरी बजेट छुट्याउनुपथ्योर् त्यो पनि छैन । त्यस्तै पर्यटन क्षेत्रमा आबद्ध व्यवसायी र लगानीकर्ताहरुलाई न्यूनतम ब्याजदरमा ऋण उपलब्ध गराउने कुरामा बजेट मौन छ । उपल्लो मुस्ताङलगायतका क्षेत्रमा रोयल्टी छुट्याउन सरकारले पहल गरेन ।
राज्यले अर्थतन्त्रको महत्वपूर्ण हिस्सा बोकेको पर्यटनलाई नजरअन्दाज गरेको प्रष्ट छ । तर यो क्षेत्रलाई जति प्राथमिकता दिनुपथ्योर् त्यो पाइँदैन । शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा संवेदनशील देखिए पनि पर्यटनलाई स्थान दिएन । समग्रमा बजेटबाट हामी उत्साहित हुने अवस्था छैन ।
रमेश धमला, अध्यक्ष -टान