यू–१९ महिला विश्वकप एसिया छनोटः नेपालले भुटानलाई ४ विकेटले हरायो
२३ जेठ, काठमाडौं । मध्यक्रमकी ब्याटर सानु राजवंशीले ३० रनको अविजित पारी खेलेपछि नेपालले आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत तेस्रो खेलमा भुटानलाई ४ विकेटले पराजित गरेको छ । भुटानले दिएको ६७ रनको लक्ष्य नेपालले १३.१ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । नेपालको सुरुवात खराव थियो । पहिलो ओभरमै ओपनर स्नेहा महरा खाता खोल्नै...