Monday, September 20, 2021

त्रिवि सेवा आयोगको परीक्षा बहिस्कार

प्रकाशित मिति: 2019/11/19

३ मंसिर, ललितपुर । त्रिवि सेवा आयोगको उपप्राध्यापक पदका लागि आज मङ्गलबार भएको लिखित परीक्षा परीक्षार्थीहरुले बहिस्कार गरेका छन् । पाठ्यक्रम अनुसार प्रश्नपत्र नभएको भन्दै उनीहरूले सो परीक्षा बहिस्कार गरेका हुन् ।

ललितपुरको पुल्चोकस्थित इन्जिनियरिङ क्याम्पस परीक्षा केन्द्रका परीक्षार्थीले कम्प्युटर विज्ञान दोस्रो खण्डको विषयगत परीक्षाको प्रश्नपत्रमा असन्तुष्टि जनाउँदै परीक्षा नै बहिस्कार गरे ।

परीक्षार्थीहरूका अनुसार सो प्रश्नपत्र त्रिवि सेवा आयोगद्वारा संशोधित पाठ्यक्रमको ढाँचा अनुरुप नबनाइएकोले बहिस्कार गर्नुपरेको हो । उनीहरूले कम्प्युटर विज्ञानको परीक्षामा इलेक्ट्रोनिक्स प्रश्न सोध्ने काम त्रिविको लापरवाही भएको गुनासो गरेका छन् ।

तपाईंको बिचार