Thursday, July 2, 2020

नेपाल ल क्याम्पसले एलएलबीमा ३ सय विद्यार्थी मात्र भर्ना लिने

प्रकाशित मिति: 2019/11/25

९ मंसिर, काठमाडौं । गत वर्ष एलएलबी पहिलो वर्षमा विद्यार्थी संख्या अत्यधिक भएपछि काठमाडौंको प्रदर्शनमार्गस्थित नेपाल ल क्याम्पसले यसपटक कोटा निर्धारण गरिएको छ । ल क्याम्पसले तीन सय जना विद्यार्थी मात्रै भर्ना लिने भएको छ । क्याम्पसले सोमबार सूचना निकालेर डिन कार्यालयको पत्रअनुसार तीन सय जना मात्रै भर्ना लिने उल्लेख गरेको छ ।

तीन वर्षे एलएलबी पढ्न भर्ना हुनका लागि पनि प्रवेश परीक्षा पास गर्नुपर्ने नियम बनाइएको छ ।

‘शैक्षिक सत्र २०७५÷०७६ को एलएलबी पहिलो वर्षमा भर्ना हुन चाहने विद्यार्थीले मंसिर १० ९मंगलबार० देखि मंसिर २५ गतेसम्म क्याम्पसले उपलब्ध गराएको आवेदन फारम भरिसक्नुपर्नेछ,’ क्याम्पसले निकालेको सूचनामा भनिएको छ । फारम क्याम्पस परिसरमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेभित्र भर्न सकिने छ ।

गत वर्ष नै ल क्याम्पसमा कोटा निर्धारण गरिए पनि लागू भएको  थिएन । आठ सय जना विद्यार्थी भर्ना लिन प्रवेश परीक्षा लिए पनि विद्यार्थी संगठनहरूले उत्तरपुस्तिका नै च्यातिदिएपछि प्रवेश परीक्षाविनै भर्ना लिइएको थियो ।
गत वर्ष १२ हजार जना विद्यार्थीले एलएलबी पहिलो वर्षमा भर्ना गरेका थिए । 

 

तपाईंको बिचार