Monday, August 10, 2020

फूर्पा घलेको ‘चन्द्र सूर्य’ बोलको गीत बजारमा, सर्वाधिक लोकप्रिय हुँदै(भिडियो सहित)

प्रकाशित मिति: 2019/12/02

मंसिर १६,काठमाण्डौ । गीतकार फूर्पा घलेको नयाँ गीती संग्रह चन्द्र सुर्य बजारमा आएको छ ।

नेपाली राष्ट्रिय भावनाले ओतप्रोत भएको उक्त गीत साग खेलकुदलाई मध्यनजर गर्दै ‘हुटिङ सङ’का रुपमा बजारमा ल्याईएको गीतकार घलेले बताए ।
घलेका हालसम्म ६ वटा गीत बजारमा आईसकेको छ, जसमा एकसाताअघि बजारमा आएको चन्द्रसुर्य गीत सर्वाधिक चर्चामा छ ।
मनाङ जिल्लाको तत्कालिन फिसाङ गाँउपालिका वडा नम्बर ६ मा ४६ बर्षअघि जन्मिएका घले हिमाली गितकारका रुपमा परिचित छन । यसअघि उनका ‘हिमालको काखमा जन्मेको नेपालीको छोरो, ‘जन्मेपछि बाँचुञ्जेलसम्म चाहिने रैछ धन’ लगायतका गीत चर्चित छन ।
समाजसेवा र गीतलाई सँगसँगै अगाडि बढाएका घलेले केही समयअघि मृगौलापिडित समिर तामाङको जिबन बचाउनका लागि आर्थिक सहयोग समेत गरेका थिए ।
नेपाली संगीत क्षेत्रमा प्रवेश गर्नुका पछाडी उनले मुख्यतः ४ वटा कारण प्रश्तुत गरे । गीतबाट उठेको रकमले दीनदुखी व्यक्तिहरुको भलाईमा खर्च गर्दै आएका घलले देशका लागि, जन्मभुमिको चिनारीका लागि, समाजसेवा र आफ्ना सन्ततीलाई नेपाली संगीत क्षेत्रमा बाटो देखाउनका लागि आफु क्रियाशिल रहेको गन्तव्य नेपाललाई बताए ।
पछिल्लो समय उनको ‘चन्द्र र सुर्य बोलको गीत सर्वाधिक चर्चामा छ । गीतमा राजेशपायल राई र अनिल गुरुङले फिचरीङ गरेका छन ।
भिडियो हेर्न यहाँ थिच्नुहोस ।https://www.youtube.com/watch?v=hCeK-YqlwnE

तपाईंको बिचार