Thursday, July 2, 2020

बिनोद सापकोटाको निर्माणमा बनेको फिल्म ‘लभ डायरीज’ भ्यालेन्टाईन डेमा रिलीज हुँदै

प्रकाशित मिति: 2020/02/06

माघ २३, काठमाण्डौ । सुशिल श्रेष्ठ, रुबिना थापा र बिश्वजित रिमाल अभिनीत ‘लभ डायरीज’ को प्रदर्शन मिति सार्वजनिक भएको छ ।

फेब्रुअरी १४, भ्यालेन्टाईन डेका दिनबाट नेपाल अधिराज्यभरका चलचित्र भवन र अष्ट्रेलियाको मेलबर्नमा समेत एकसाथ रिलिज हुने यो फिल्म त्रिकोणात्मक प्रेम कथामा आधारित रहेको छ ।
गन्तव्य नेपालसँग कुराकानी गर्दै युवा पर्यटन व्यावसायी समेत रहेका निर्माता बिनोद सापकोटाले चलचित्रमा प्रेम, बिछोड र हास्यव्यंग्यको त्रिकोणात्मक प्रश्तुती रहेको भन्दै दर्शक श्रोताको मनमा बस्ने चलचित्र बनेको बताए । युवापुस्ताको प्रेम सम्बन्धलाई गहिरो रुपमा प्रश्तुत गरिएको चलचित्र परिवारका बिचमा बसेर हेर्न सकिने किसिमले निर्माण गरिएको बताए ।
सौरभ चौधरीले निर्देशन गरेको चलचित्रमा साहिल खान एसोसिएट डिरेक्टरका रुपमा रहेका छन । जो चलचित्रको ट्रेलर निर्माणमा ख्याति कमाएका व्यक्ति हुन ।
विगतमा चलचित्र भन्दा फरक क्षेत्रमा क्रियाशिल भएको भएपनि आफ्नो श्रृजनात्मक सोचलाई चलचित्र मार्फत प्रश्तुत गरेको भन्दै निर्माता सापकोटाले चलचित्रले सबैको मन जित्नेमा आफू विश्वस्त रहेको बताए ।

 यहाँ थिच्नुहोस । https://youtu.be/wSQJB007V8k

तपाईंको बिचार