Tuesday, August 4, 2020

बिनोद सापकोटा निर्मित फिल्म हेरिसकेपछि समिक्षकहरुले भने, ‘लभ डायरिज’बर्षकै उत्कृष्ट

प्रकाशित मिति: 2020/02/18

फागुन ६, काठमाण्डौ । गत शुक्रबार भ्यालेन्टाईन डे को दिनबाट सुरु भएको चलचित्र‘ लभ डायरिज’ ले आक्रामक ढंगले दर्शक तान्न सफल भएपछि फिल्म समिक्षकहरुले बर्षकै उत्कृष्ट चलचित्र बनेको प्रतिक्रिया दिएका छन ।
त्रिकोणात्मक प्रेम कथामा आधारित यस फिल्ममा सुशिल श्रेष्ठ, रुबिना थापा र बिश्वजित रिमालको प्रमुख भुमिका रहेको छ ।
काठमाण्डौ सहित देशभर र अष्ट्रेलियाको मेलवर्नमा समेत एकसाथ प्रदर्शनमा आएको चलचित्रमा मुख्यतः क्लाईमेक्सलाई दर्शकहरुले अत्याधिक रुचाएका छन । काठमाण्डौका क्यूएफएक्स, गोपी, कुमारी, अष्टनारायण, बिजी मल लगायतका सबै स्टेशनहरुमा चलचित्रले हाउसफूल सो पाएको छ । आजैबाट दर्शकहरुको चापलाई मध्यनजर राख्दै हल सञ्चालकहरुले फिल्मको शो थप गर्ने घोषणा गरेका छन ।
यता चलचित्र निर्माता बिनोद सापकोटाले हालसम्म ७५ प्रतिशत लगानी उठीसकेको भन्दै खुसी व्यक्त गरे । सापकोटाले निर्माण गरेको चलचित्र हेर्न भुवन केशी, झरना थापा, सुदर्शन थापा लगायतका चलचित्रकर्मी हरु एकसाथ हलमा पुगेका थिए । उनीहरुले चलचित्र एकदमै राम्रो बनेको प्रतिक्रिया मात्रै दिएनन, नायक शुसिल, विश्वजित रिमाल र नायिका रुबिना थापाको समेत खुलेर प्रशंसा गरे ।
निर्देशक सौरभ चौधरीको सोच चलचित्रमा उत्कृष्ट देखिएको छ भने एसोसिएट डिरेक्टरका रुपमा साहिल खानको समेत उत्तिकै चर्चा छ ।
युवा पर्यटन व्यावसायी समेत रहेका बिनोद सापकोटा निर्माताको रुपमा पहिलोपटक चलचित्र उद्योगमा प्रवेश गरेका हुन । सूरुवाती चलचित्र नै सफलता उन्मूख देखिएपछि आफू उत्साहित भएको उनले प्रतिक्रिया दिए   त्रिकोणात्मक प्रेम कथामा आधारित रहेको फिल्म परिवारका बिचमा बसेर हेर्न सकिने किसिमले निर्माण गरिएको बताईएको छ । सौरभ चौधरीले निर्देशन गरेको चलचित्रमा साहिल खान एसोसिएट डिरेक्टरका रुपमा रहेका छन । जो चलचित्रको ट्रेलर निर्माणमा ख्याति कमाएका व्यक्ति हुन । चलचित्रमा नायिका रुविना थापाको अभिनयलाई धेरैले तारिफ गरेका छन भने सुशिल श्रेष्ठको घट्दो क्रेजलाई भंग गर्न चलचित्र सफल भएको फिल्म समिक्षकहरुले प्रतिक्रिया दिएका छन । यससँगै नायक सुशिल श्रेष्ठ चलचित्र उद्योगमा फेरी चम्कने स्थीति लभ डायरिजले निर्माण गरिदिएको छ ।

 

तपाईंको बिचार