Sunday, May 16, 2021

भारतीय अभिनेता ऋषि कपूरको निधन

प्रकाशित मिति: 2020/04/30
काठमाडौं, १८ बैशाख । भारतका एक प्रख्यात अभिनेता ऋषि कपूरको ६७ वर्षको उमेरमा बिहीवार बिहान निधन भएको छ।
 
मङ्गलवार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मुम्बईस्थित एचएन रिलायन्स फाउन्डेशन अस्पतालमा भर्ना गरिएको थियो। ऋषि कपूरका दाइ रणधीर कपूरले उनको निधन भएको बीबीसीसँग पुष्टि गरेका छन्। 
 
क्यान्सरबाट पीडित अर्का प्रख्यात अभिनेता इरफान खानको पनि बुधवार निधन भएको थियो।

तपाईंको बिचार