Wednesday, July 8, 2020

निजी अस्पतालमा पनि अब पिसिआर परीक्षण गरिने

प्रकाशित मिति: 2020/06/15

काठमाडौं, १जेठ । सरकारले निजी अस्पताललाई पनि कोरोना भाइरसको परीक्षण गर्न दिने भएको छ। निजी ल्याबले पनि भाइरस परीक्षणका लागि आरटी पीसीआर गर्न पाउने ब्यवस्था गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आवश्यक मापदण्ड र प्रक्रिया पुरा गरेर परीक्षण गर्न पाउने बताए।परीक्षणका लागि लाग्ने खर्च सरकारले ब्योहर्ने उनले बताए।

झण्डै तीन महिनाको अवधिमा सरकारले जम्मा १ लाख ३३ हजार ३ सय ७७ जनाको कोरोना भाइरस परीक्षण गरेको छ।

सरकारले यसअघि परीक्षण गर्न चाहनले आफै पैसा तिरेर निजी अस्पतालमा पीसीआर परीक्षण गर्न पाउने ब्यवस्था गरेको थियो। तर, कति तिरनुपर्ने भन्नेमा एकिन नभएपछि सरकार यसबाट पछि हटेको थियो।विदेश जानेका लागि सरकारले वीर अस्पताल, शिक्षण र पाटन अस्पतालमा परीक्षण गर्ने ब्यवस्था मिलाइएको छ। निरोगिताका प्रमाणपत्रका लागि काठमाडौं उपत्यकाका तीन अस्पतालमा कोरोना भाइरस परीक्षणको ब्यवस्था मिलाइएको हो।

तपाईंको बिचार