Thursday, September 23, 2021

कोरोना परीक्षणको नतिजा यथाशीघ्र दिन संसदीय समितिको निर्देशन

प्रकाशित मिति: 2020/08/26

काठमाडौं, १० भदौ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले कोरोना परीक्षणको नतिजा यथाशीघ्र सम्बन्धित व्यक्तिलाई दिन सरकारलाई निर्देशन दिएको छ।

मंगलबार बसेको स्वास्थ्य मन्त्रालयका प्रतिनिधि सहितको ‘जुम मिटिङ’ मा सांसदहरुले कैयौं दिनसम्म नतिजा थाहा नहुँदा संक्रमण फैलिने जोखिम बढेको भन्दै तत्काल नतिजाबारे सम्बन्धित व्यक्तिलाई जानकारी दिनुपर्ने माग गरेका थिए।

‘सम्बन्धित व्यक्तिलाई रिपोर्टको विषयमा जानकारी दिन मोबाइल फोन, भाइबर, म्यासेन्जर मार्फत तुरुन्त जानकारी दिने व्यवस्था मिलाउने’, समितिको निर्देशनमा छ।

तपाईंको बिचार