Friday, June 25, 2021

डब्लूएचओका महानिर्देशक नै क्वारेन्टिनमा

प्रकाशित मिति: 2020/11/02

काठमाडौं, १७ कात्तिक । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक टेड्रोस एडनम गेब्रेयसिस पनि क्वारेन्टिनमा बसेका छन्। आफूसँग सम्पर्कमा रहेका एक व्यक्तिमा आइतबार कोरोना संक्रमण पुष्टि भएपछि उनी सेल्फ क्वारेन्टिनमा बसेका हुन्।

आफू स्वस्थ रहेको र कुनै लक्षण नरहेको उनले ट्विटमार्फत जानकारी दिएका छन्। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमितको संख्या पछिल्लो समय उल्लेख्य रुपमा बढ्दै गएको छ। अझै सम्म यसको खोप बनिनसक्दा आम नागरिक यो भाइरसबाट त्रसित छन् ।  रोयटर्स

तपाईंको बिचार