Thursday, June 4, 2020

सेती अञ्चल अस्पताल तनावमा

प्रकाशित मिति: 2019/03/22

८ चैत्र, धनगढी । चैत २ गते सेती अञ्चल अस्पतालमा भर्ना भएकी  रेखा थापाको मृत्यु भएपछि आफन्त आन्दोलित भएका छन्।

धनगढी उपमहानगरपालिका १२ जुगेडाकी २२ वर्षीया रेखाले चैत ४ गते अपरेशन गरेर पहिलो सन्तान जन्माएकी थापालाई चैत ६ गते जन्डिस देखिएको थियो।

शुक्रबार सेती अञ्चल अस्पतालले रेफर गरेपछि कोहलपुर लाने क्रममा रेखाको बाटोमै मृत्यु भएको हो। शिशुलाई भने सेती अञ्चाल अस्पतालमामै राखिएको छ। शिशुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

सुत्केरीका आफन्तले भने शुक्रबार दिउँसो सेती अञ्चाल अस्पतालमा तोडफोड गर्दै आन्दोलन गरेका हुन्। उनीहरुले बिरामीको अवस्था गम्भीर हुँदासम्म परिवारका सदस्यलाई जानकारी नदिएको र एक्कैचोटी रेफर गरेको भन्दै आपत्ति जनाएका हुन्।

तपाईंको बिचार