Monday, August 10, 2020

तत्कालिन माओबादी निकट ‘नेपाल पर्यटन व्यावसायी मञ्च’ पुनः व्यूतार्ईएको सिंखडाको भनाई

प्रकाशित मिति: 2019/12/31

पुस १५, काठमाण्डौ । २ बर्षअघि तत्कालिन एमाले र माओबादीबिच एकीकरण भएर नेकपा बन्यो । तर पार्टी एकीकरण भएको यसबिचको अवधीमा पार्टीका भातृ र जनबर्गीय संगठनबिच एकीकरणको अभ्यास भने अझै भईसकेको छैन । पर्यटनसँग सम्बन्धीत व्यावसायिक संगठनका रुपमा तत्कालिन एमाले र माओबादीबाट २ , २ गरी ४ वटा संगठन थिए । पार्टी एकीकरण पछाडी दुबै पार्टीका व्यावसायीहरु ‘नेपाल पर्यटन व्यावसायी संगठन’ मा आवद्ध भएपनि भावनात्मक एकता हुन नसक्दा गुट उपगुटले प्रश्रय पायो, तत्कालिन एमालेका टुक्रे संगठनका रुपमा सीताराम सापकोटा र मदन आचार्य लगायतको समुहले पुरानै संगठनका नाममा हालीमुहाली गर्न थालेपछि आफुहरुको मानमर्दन गरिएको भन्दै तत्कालिन माओबादीका गणेश सिंखडाले नेतृत्व गरेको   ‘नेपाल पर्यटन व्यावसायी मञ्च’ पुनः व्यूतार्ईएको छ । पार्टी एकीकरणको लामो समयसम्म पनि पर्यटकीय संगठनमा व्यावसायिक संस्थाहरु एक हुन नसक्नुका पछाडी समस्या कहाँनेर छ, यही बुझ्ने कोशिस गरेको छु ।

प्रश्तुत छ, बरिष्ठ पर्यटन व्यावसायी तथा नेपाल पर्यटन व्यावसायी मञ्चका अध्यक्ष गणेश सिंखडासँग गरिएको कुराकानी ।
१. पर्यटन क्षेत्रमा गणेश सिंखडाको हैसियत सकियो, केही नपाएपछि पूर्व माओबादीको गुट व्यूताएर बसिरहनुभएको छ, भन्ने आरोप छ नी ?
गणेश सिंखडाको नाम आफैमा काफी छ । जो माओबादी आन्दोलनदेखी गणतन्त्र प्राप्तीसम्म जेलनेल भोगेर बिभिन्न उतारचढाव भोग्दै यहाँसम्म आईपुगेको व्यक्ति हो । पार्टी एक भईसकेपछाडी पनि लोभीपापी मन भएका साथीहरुले गुट व्यूँताएर मनलाग्दी गर्न थालेपछि बाद्य भएर हामीले आफ्नो हैसियत खोजेका हौ । यसो गर्दा हैसियत सकिएको हैन, बास्तबिक रुपमा हामी कमजोर छैनौँ भनेर प्रमाणित गर्नुपर्ने स्थीति बनेपछाडी संस्था व्यूताईएको हो । यसमा हैसियतको प्रश्न छैन ।
२. तर टानमा अध्यक्ष बन्छु भनेर खुबै हल्ला गर्नुभयो, अन्ततः चुनाब लड्नेबेलामा भाग्नुभयो नी ?
पार्टी संगठनले गरेको निर्णय नमान्ने, मनलाग्दी गुट बनाएर नेतृत्व गर्न बानी परेकाहरुले भन्ने कुरा हुन ती । मैलै अध्यक्ष बन्छु भनेर घोषणा गरिरहँदा अन्य साथीहरु पनि आकांक्षी थिए । संगठनले अर्को साथीलाई टानमा पठाउने निर्णय गरीसकेपछि की त बिद्रोह गर्नुपथ्र्यो, होईन भने संगठनले गरेको निर्णय मानेर सहयोग गर्नुपथ्र्यो । मैले दोस्रो बिकल्प रोजेँ । संगठनलाई मजबुत बनाउन लागेँ त के बिराएँ ? ।
३. तर पर्यटनमा गणेश सिंखडाका दिन गए, अब उनीबाट केही आशा नगर्दा हुन्छ भन्नेहरु त धेरै छन नी ?

जो भ्रष्ट्राचार, अनियमितता र संगठनमा किरा पार्न कम्मर कसेर लागेका छन, उनीहरुले भन्ने कुरा हुन ती । बिकृति बिसंगति बिरुद्ध लागिरहँदा यस्ता टिप्पणी सामान्य हुन । म हतोत्साहित हुने छैन ।
४. तर टान चुनाबकै बखत पूर्व अध्यक्षले नै तपाईले केही सक्नुहुन्न, भनेर नै कुमार थापालाई टिकट दिईएको कुरा बताएका थिए, अनी ?
उहाँले त्यसो भन्नुभएको हो, भने उहाँले दिवासपना देख्न थाल्नुभएछ । भ्रष्ट्राचार अनियमितता नियन्त्रण गर्ने कुरालाई प्रमुख मुद्धा बनाउने म जस्तो व्यतिmलाई त्यस्तो भनिन्छ भने उनीहरुलाई राँची लादा हुन्छ । होईन भने मैले त संगठनले गरेको निर्णय मानेको हुँ, अरुले यसमा ठालु नबन्दा हुन्छ ।
५. तर तपाईले आफुले टिकट नपाएपछि कुमार थापालाई हराउन हदैसम्म लाग्नुभयो भन्ने छ, कारबाही भोग्न तयार हो ?
यो बिल्कुल गलत कुरा हो । सुरुमा टिकट पाउन गरिने संघर्ष एउटा होला । तर त्यो गुमिसकेपछि संगठनलाई मजबुत बनाउन नै लागेँ । मैले खुलेर उहाँको पक्षमा लागेकै हो, भोट हालेकै हो, दुर्भाग्य जित्न सक्नुभएन । सहानुभुति छ । जसजसले सिंखडाले असहयोग गरेको कुरा गर्छन, तिनीहरु लाचारीहरु हुन, झुटको खेति गर्नेहरु । प्रमाणित गरेर देखाईदेउ, अरु भन्नु परेन ।
६. तर थापाले त पार्टीभित्रकै हरामखोरले गर्दा चुनाब हराईदिए भने नी, तपाई हरामखोर हो ?
राजनीतिक टिकाटिप्पणी गर्दा कहिलेकाही भावावेश र निरासामा यस्ता .कुरा आउँछन, यद्यपी त्यो मलाई भनिएको हैन, पार्टीभित्रका हराम प्रबिति भएकाहरुलाई नै भनिएको होला । मेरो भुमिका उहाँले मुल्यांकन गरेको हुनुपर्छ ।
७. १० बर्षपछाडी तपाईलाई कहाँ भेटिएला ?
जनताको मनमनमा गणेश सिंखडा भन्ने गरी काम गर्छु । त्यही भेट्नुहुन्छ ।

तपाईंको बिचार