Friday, January 15, 2021

टूर्गान क्रियाशिल ढंगले अघि बढिरहेको छ : केदार तामाङ, अध्यक्ष टूर्गान

प्रकाशित मिति: 2020/02/19

फागुन ७, काठमाण्डौ । टूरिष्ट गाईड एसोसिएसन अफ नेपाल(टूर्गान)ले अन्तर्राष्ट्रिय टूरिष्ट गाईड दिवस भव्यताका साथ मनाउने भएको छ । फागुन ९ गते तदनुसार फेब्रुअरी २१ तरिकका दिन काठमाण्डौ गार्डेन होम पक्नाजोलमा बिहान ७ :३० बजे सुरु हुने कार्यक्रम टूरिष्ट गाईडहरुका लागि राष्ट्रिय पर्वकै रुपमा मनाउने तयारी भएको टूर्गानले जनाएको छ ।

प्रत्येक बर्ष फेब्रुअरी २१ तारिकका दिन आयोजना हुने कार्यक्रम अन्र्तगत यसबर्ष पूर्व पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेल प्रमूख आथितीका रुपमा सहभागि हुनेछन । कार्यक्रममा बिभिन्न पर्यटकीय संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधी, पर्यटन व्यावसायी, टूरिष्ट गाईडहरुको बाक्लो उपस्थीति हुने आयोजकले जनाएको छ ।   टूरिष्ट गाईडबारे जानकारी, अवशर, चुनौति र यसका संभावना तथा सरकारको भुमिकाका बिषयमा कार्यक्रम केन्द्रित हुने बताईरहँदा अन्तर्राष्ट्रिय टूरिष्ट गाईड दिवस  र यसको आवश्यक्ता किन भनि हामीले  टूरिष्ट गाईड एसोसिएसन अफ नेपाल(टूर्गान)का अध्यक्ष केदार तामाङलाई सोधेका थियौँ ।
प्रश्तुत छ, टूर्गान अध्यक्ष केदार तामाङ सँगको कुराकानी जस्ताको तस्तै ।
१. फेब्रुअरी २१ तारिकका दिन ३१ औँ टूरिष्ट गाईड सम्मेलन आयोजना गर्दै हुनुहुन्छ, यसको आवश्यक्ता किन किन पर्यो ?
प्रत्येक बर्ष फेब्रुअरी २१ तरिकका दिन टूरिष्ट गाईडहरुको लागि राष्ट्रिय पर्व नै हो । यो श्रंखला बिगतदेखि जारी रहँदै यसपटक ३१ औँ श्रृंखलामा आईपुगेका छौ । बर्षभरी पर्यटक मार्फत देशको चिनारी गराउँदै हिड्ने टूरिष्ट गाईडहरुको आफ्नै स्थीति के छ, भावी योजना र हालसम्म भएगरेका प्रयास सबैलाई समष्टीगत रुपमा प्रश्तुत गर्ने अवशरका रुपमा यस दिन बिषेश रहेको छ । यसका साथै सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष २०२० सफल पार्न टूरिष्ट गाईडहरुले महत्वपूर्ण भुमिका खेलिरहेको स्थीति छ । किनकी बिदेशी पर्यटकहरुलाई नेपालको भौगोलिक र सांस्कृतिक पक्षबारे जानकारी दिने पहिलो माध्यम टूरिष्ट गाईड नै हुन । टूर्गानको तर्फबाट समेत हामीले अग्रशर भएर भुमिका खेलेका छौ । बिभिन्न पर्यटकीय संघसंस्थामा सम्बद्ध नेतृत्वहरु, व्यावसायी,  सम्बद्ध संघसंस्थाको उपस्थीतिमा बृहत शुभकामना सहितको अन्र्तक्रिया कार्यक्रम मार्फत हामीले प्राप्त गरेका उपलब्धी, चुनौति, अवशर र हौसला साटफेर गर्ने उपयुक्त दिन र थलोका रुपमा सम्मेलन महत्वपूर्ण छ भन्ने हाम्रो बुझाई हो ।
२. टूरिष्ट गाईडहरुको बर्तमान अवस्था के छ ?
सन्तोषजनक मान्न सकिने स्थीति त छैन नै । यद्यपी निरासालाई चिरेर अगाडि बढ्नु त छँदैछ । अन्तर्राष्ट्रिय रुपमा नेपालको पहिचान गराउने गाईडहरुलाई अघोषित राजदुतकै रुपमा लिने गरिन्छ । किनकी गाईडहरुको पेशागत धर्म नै पनि नेपालका बिभिन्न भौगोलिक तथा सांस्कृतिक पक्षहरुको पर्यटकहरुलाई सकारात्मक जानकारी दिनु हो । यसअर्थमा टूरगाईडहरुले समग्र देशकै नेतृत्व गरिराखेको हुन्छ । यसरी हेर्दा नेपालको पर्यटन बिकास र बिस्तारमा समेत उनीहरुको महत्वपूर्ण छ । सरकारका तर्फबाट उत्प्रेरणा जगाउने ढंगका कार्यक्रम आउन नसक्नुले उदासिनता पनि देखिन्छ । कम्तीमा दिवसका दिन सरकारले सार्वजनिक बिदा दिएको खण्डमा उत्प्रेरणा हुने थियो । यद्यपी टूरिष्ट गाईड र टूर्गान एकअर्काको अभिन्न अंग भएका कारणले हाम्रो आफ्नै प्रयास भने जारी छ । रहिरहनेछ ।
३. टूरिष्ट गाईडहरुको अवस्था सुधारका लागि टूर्गानले चै के गर्दैछ ?
टूर्गान सम्पूर्ण टूरिष्ट गाईडहरुको छाता संगठन हो । अहिले हामीसँग १ हजार सदस्य रहेका छन । योग्यता पुगेको व्यक्ति जब नाथमबाट लिखित र मौखिक परिक्षा पास हुन्छ, आधिकारिक रुपमा उ टूरगाईड बन्न सक्षम देखिन्छ । यद्यपी व्यवहारिक ज्ञान उसँग केही पनि हुँदैन, यसमा उत्प्रेरणा, तालिम र व्यावहारिक ज्ञान प्राप्त गर्ने कार्यमा टूर्गानले सघाउँदै आएको छ । यसका साथै टूर्गानको सदस्यता लिईसकेपछि पर्यटकहरुसँग कसरी व्यवहार गर्ने, नेपालको भौगोलिक र सांस्कृतिक पक्षको सकारात्मक चिनारी कसरी गर्ने लगायत पेशागत समस्या निवारण र आचरण, पेशागत दक्षताका बिबिध सिपहरु प्रदान गर्ने गर्छौ ।  नयाँ कार्यसमिति आएपश्चात टूरगाईडहरुको पारिश्रमीक बृद्धि, लाईसेन्स चेकिङलाई तिब्रता, टूरगाईडहरुलाई रिफ्रेसमेन्ट कोर्ष, बिभिन्न तालिम तथा गोष्ठीमार्फत हित अभिबृद्धि गरिराखेका छौ । यसअर्थमा देशको चिनारी र गाईडहरुलाई एकत्रित तथा हित रक्षार्थ टूर्गानले महत्वपूर्ण भुमिका खेल्दै आएको छ ।
४. अबैधानिक टूरगाईड नियन्त्रण गर्न तपाईहरुको भुमिका के छ ?
पहिलो कुरा त टूरगाईड बन्न योग्यता पुगेका सबै साथीहरु टूर्गानमा आवद्ध हुनुहुन्छ, टूर्गान पर्यटन क्षेत्रमा महत्वपूर्ण संस्था भएकाले हामीसँगको सदस्यता पनि अघोषित रुपमै भएपनि अनिवार्य जस्तै भएको स्थीति छ । यति हुँदा हुँदै अबैधानिक गाईडहरुलाई नियन्त्रण गर्नको लागि पर्यटन बिभाग, पर्यटक प्रहरीसँगको सहकार्यमा ऐतिहासिक तथा सांस्कृतिक क्षेत्रमा अनुगमन गर्ने र अबैधानिक भेटिएमा जरिवाना गर्ने काम भईरहेको छ । नितिगत निर्णय पारित गर्नका लागि  सरकारसँग पनि लबिङ गरिरहेको स्थीति छ ।
५. टूरिष्ट गाईडहरुको भविश्य के छ ? योग्य गाईड गर्नुपर्ने कुरा चै के हो ?
उज्वल नै छ । अंग्रेजी लगायत बिभिन्न बिश्व भाषाहरुको बारेमा जानकारी हुन जरुरी छ । यसका साथै मुलुकभित्रको भौगोलिक तथा सांस्कृतिक पक्षबारे जानकारी हुन पनि जरुरी छ । सबैभन्दा ठुलो कुरा व्याक्तिगत आचरण सही हुन परर्यो, किनकी टूरगाईडले पर्यटकहरुलाई जस्तो व्यवहार र जानकारी दियो अन्तर्राष्ट्रिय क्षेत्रमा त्यही कुरा संप्रेशण हुन्छ । यसर्थ देशभक्तिपूर्ण आचरण प्रश्तुत गरी पर्यटकलाई विश्वस्त तुल्याउनु जरुरी छ ।

तपाईंको बिचार